काठमाडौंको शाँखुको जन्म बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिनका लागि आग्रह

काठमाडौंको शाँखुको जन्म बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिनका लागि आग्रह

काठमाडौं । काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिनका लागि आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै सो सहकारीले आफुले बचत गरेको आधिकारिक कागजात, पासबुक भौचरका साथै नागरिकताको फोटोकपी समेत लिइ बचत फिर्ता लिन आउन उर्दी गरेको हो ।

सो सहकारीले पाँच दिनभित्र बचत फिर्ता लिन नआउनेको रकम पनि फिर्ता नहुने बताएको छ । ‘पाँच दिनपछि दाबी गर्न आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने जानकारी समेत यही सूचना मार्फत् दिन चाहन्छौं,’ सूचनामा भनिएको छ । सो सहकारीले भाद्र १० गते शुक्रवार सम्ममा बचत फिर्ता लिन आउन आग्रह गरेको छ ।

बचतकर्ताहरुको आधिकारिक कागजात बुझाउनको लागि साँखु मालपोत कार्यालय परिसरमा रहेको “निलभैरव फोटोकपी सेन्टर“मा दिउँसो २ बजे देखि ५ बजेसम्ममा आआफ्नो प्रमाण सहित सम्पर्क राख्न सहकारीले आग्रह गरेको छ ।

सो सहकारीका सञ्चालक डेविड श्रेष्ठले सहकारी बिक्री गर्न लागेकोले रकम फिर्ता गर्न लागेको बताए । यसले आफ्नो सदस्यहरुको तथ्यांक संकलनमा पनि सहयोग गर्ने उनको भनाइ छ ।

धेरै हेरिएको