जनरल इन्स्योरेन्सको आईपीओ शेयर १० कित्ताका दरले पाउने

जनरल इन्स्योरेन्सको आईपीओ  शेयर १० कित्ताका दरले  पाउने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा ८ लाखभन्दा बढीको आवेदन परेको छ । आवेदक संख्याको हिसावमा हालसम्मकै बढी रेकर्ड जनरलले राखेको हो । यस  यस अघि रिलायन्स लाइफको आईपीओमा करिव ६ लाख जनाले आवेदन दिएका थिए । हालसम्मकै उच्च आवेदन जनरल इन्स्योरेन्सको आईपीओमा देखिएको हो ।

कम्पनीले कुल ३० लाख कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि असोज १४ भित्रै कम्पनीको आईपीओ विक्री बन्द भएको छ । 

यो आईपीओ गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ताका दरले हात पार्नेछन् । सबै आवेदनको आवेदन सदर भए ५ लाखभन्दा बढीको हात खाली हुने देखिएको छ । 

 जनरल इन्स्योरेन्सको आईपीओ खुल्ने,  कति कित्ता भर्दा  पर्ने

काठमाडौं । आइतवारदेखि जनरल इन्स्योरेन्स कम्पनी नेपालले सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले कुल ३० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य कम्पनीले ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको ं२७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो । 

जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म विक्रीमा रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ पश्चात यस कम्पनीमा सर्बसाधारण तर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी  २ दशमलव २५ रुपैयाँ रहेको छ । 

धेरै हेरिएको