बिग मर्जरमा हिमालयन बैंक आकर्षणको केन्द्र, मर्जरको लागि सम्भावित बैंकहरु यी हुन सक्छन्

बिग मर्जरमा हिमालयन बैंक आकर्षणको केन्द्र, मर्जरको लागि सम्भावित बैंकहरु यी हुन सक्छन्

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति, २०७७–७८ मा दबाबमूलक मर्जरको कार्यक्रम नल्याएपनि यसले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रमशः मर्जरका लागि प्रोत्साहीत गर्दै आइरहेको छ ।

मर्जरकै चर्चामा अहिले हिमालयन बैंक सबैभन्दा आकर्षक (ल्युक्रेटिभ) बैंकका रुपमा देखिएका छ । नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग साझेदारीको हात अघि बढाइसकेको छ । नेपालका पहिलो गभर्नर हिमालय शमशेरको परिवारले प्रवद्र्धन गरेको र उनका ज्वाइँ पृथ्वी बहादुर पाँडेले सुरुवात गराएको बैंक भएकाले दुईबीच मर्जरको सम्भावना उच्च छ । पाँडेले बैंकको रिटर्न अन इक्विटी (लगानीमा प्रतिफल) घट्दै १५ प्रतिशतभन्दा न्यून भएकाले आफू बैंकिङ व्यवसायबाट बाहिरिन चाहेको बताउँदै आएका छन् ।
हिमालयन बैंकसँग मर्जरका लागि अन्य सम्भावित साझेदारहरुले पनि कुरा अघि बढाएका छन् । जसमा बैंक अफ काठमाण्डू, सिभिल, मेगा, सेञ्चुरी तथा सिटीजन्स बैंक लगायत हिमालयन बैंकसँग मर्जरका लागि इच्छुक रहेका छन् । हिमालयन बैंकमा पृथ्वी बहादुर पाँडेले आफ्नो सेयर मनोजबहादुर श्रेष्ठको समूहलाई बेचेर तत्कालीन इण्डोस्वेज बैंकलाई साझेदारीमा भित्र्याएका थिए । सञ्चालक समितिमा लामो समय रहेका मनोजबहादुर श्रेष्ठ र खेतान समूहको झगडाका कारण पनि विगतमा हिमालयन बैंकसँग मर्जरका लागि अन्य बैंकहरुको चासो देखिदैंनथ्यो । पछिल्लो समय, श्रेष्ठ अध्यक्षबाट हटेर कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतम सञ्चालक समितिको अध्यक्ष भएपछि बैंकको व्यवस्थापनले व्यवसायिक हिसाबले आफ्नो क्षमता देखाउन पाएको छ ।

बैंक अफ काठमाण्डूमा पनि सञ्चयकोषको लगानी रहेकाले यी दुई बैंकको मर्जरको प्रसंग गम्भीरताका साथ अघि बढीरहेको छ । हिमालयन बैंकसँग मर्जरका लागि सिभिल बैंक पनि इच्छुक देखिएको छ । सिभिल बैंकका एक सञ्चालकले हिमालयन बैंकसँग मर्जरको शर्तमा आफ्नो समूहको सञ्चालक समितिमा प्रतिधित्वको दाबी त्याग्ने समेत बताएका छन् । धेरै बैंकहरुले हिमालयन बैंकसँगको मर्जरमा रुचि देखाएका कारण हिमालयन बैंक आकर्षणको केन्द्र बनेको हो ।

धेरै हेरिएको