नबिल बैंक र मेगा बैंक बीचको मर्जरको चुरो यस्तो छ

नबिल बैंक र मेगा बैंक बीचको मर्जरको चुरो यस्तो छ

काठमाडौँ : केही महिना अघि चर्चामा आएर सेलाएको नबिल बैंक र मेगा बैंक बीचको मर्जरको कुरा फेरि ब्यापक बनेको छ। दुबै बैंकको ब्यवस्थापन र उच्च तहमा कुराकानी भएको कुरा बाहिर आएपछि नबिल र मेगा मर्जरको संभावना बढेको स्रोतको भनाई छ ।
अर्को तर्फ नबिल बैंकलाई सधैंको नम्बर वानको ब्राण्ड जोगाउँन अब मुस्किल पर्न थालेकाले मेगासँग मिलेर निक्षेप, कर्जा, पूँजी र शाखामा बढोत्तरी गरी अग्रणी नम्बर वान बाणिज्य बैंकको रुपमा रहिरहने आधार बन्नसक्छ । गण्डकी बिकास बैंकलाई आफुमा मिलाउने सम्झौता गर्दा मेगाका अधिकारीहरुले अन्तिममा नबिलसँग मर्जर नै गर्ने जस्ता आश्वाशन दिएको बताईन्छ । नबिलले मेगालाई मर्जरको साझेदार बनाउँदा ठूलो स्वाप अन्तर पाउने भएकाले नबिलका शेयरधनीहरुले कर छुट लगायत राष्ट्र बैंकबाट प्रदान गरिएका आकर्षक सुविधा र आगामी थुप्रै साधारणसभासम्म राम्रो बोनस दिन सक्ने आधार बन्ने छ।
नबिलले आफ्नो संभावित मर्जर पार्टनरको रुपमा मेगा बैंकलाई छान्नुको अर्को कारण नबिलका प्रमुख कार्यकारी र मेगाका माथिल्ला तहका कर्मचारीहरु पनि हुन् । अनिल नबिलबाट मेगामा गएर प्रमुख कार्यकारी भई फर्किएकाले दुबै बैंकको सकारात्मक र नकारात्मक पक्ष उनलाई राम्रोसँग थाहा छ । मेगा बैैंकमा उनको समेत ठुलो स्वामित्व भएकाले नबिलमा मिलाउँदा शाहलाई समेत अप्रत्यक्ष रुपमा ठूलो फाईदा हुनसक्छ । अर्कोतर्फ मेगा बैंकका कयौं माथिल्ला तहका कर्मचारीहरु नबिल बैंककै प्रोडक्ट हुन् । मेगाकी प्रमुख कार्यकारी अनुपमा खुँजेली शाहकै मातहत रहेर काम गरेकाले मर्जरपछि प्रमुख कार्यकारी र अरु कर्मचारी ब्यवस्थापनमा खासै समस्या नहुने अवस्था छ ।

विगत पाँच बर्षदेखि निरन्तर आकर्षक प्रगति गर्दै आएर राम्रो पूँजीगत आधार र संस्थागत सुशासन भएको मेगा बैंक बाहेक नबिलका अगाडि अरु विकल्प नै छैन । साना संस्थाहरु बटुलेर मर्जर र एक्विजीशनको प्रयास गर्नु नबिलका लागि आत्मघाती मात्रै हुने छैन, यसले लामो समयसम्म बैंकलाई संक्रमणबाट गुज्रराईदिने संभावना हुन्छ । यसो हुँदा नम्बर वान बनिरहेको बैंकका लागि आगामी दिनहरु अझै चुनौतिपूर्ण हुनसक्छन् किनभने कमजोर संस्थाहरु मर्जर गर्दा नबिलको निस्क्रिय कर्जा अनुपात बढ्ने र खुद नाफा घट्ने जोखिम बढी छ । निस्क्रिय कर्जा कम भएको मेगा बैंक नै उसको पहिलो रोजाईमा परेको मान्न सकिन्छ । त्यसमाथि बैंक अफ द ईयर जस्तो उपाधी पाएर मेगा बैंकको प्रगति अन्र्तराष्ट्रियस्तरमा समेत चर्चा भईसकेको छ ।-Copied - laganimantra.com

धेरै हेरिएको