रु १०० मै शेयर पाउने अवसर, लघुवित्त (माइक्रोफाइनान्समा ) को हालसम्मकै ठूलो आइपीओ आउदैछ

रु १०० मै  शेयर पाउने अवसर, लघुवित्त (माइक्रोफाइनान्समा ) को हालसम्मकै ठूलो आइपीओ आउदैछ

धितोपत्र बोर्डले एनआइसी एशिया लघुवित्त वित्तीय संस्थालाई ४७ लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएको छ। यसबाट लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता रु। १०० मै पाउने अवसर पाइने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु। १०० रुपैयाँ दरले कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनका लागि  आइपीओ निश्कासन गर्नेछ ।  

कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हुनेछ । 

धेरै हेरिएको