निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३९ अर्ब १६ करोड बीमाशुल्क

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३९ अर्ब १६ करोड बीमाशुल्क

काठमाडौं । गत आर्थिक वर्षको असार महिना मसान्तसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीले ३९ अर्ब रुपैयाँ भन्दा बढि बीमा शुलक आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । जेठ महिनाको तुलनामा असार मसान्तसम्म कम्पनीहरुले बीमाशुल्क ५ अर्ब  १ करोड ११ लाख रुपैयाँले बढि हो । 

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले असार महिनामा ५ अर्ब २८ करोढ ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत जेठ तुलनामा असार महिनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ३२ करोड ४७ लाख रुपैयाँले बढेको छ । गत आवका जेठ महिनामा यी कम्पनीहरूको कुल बीमा शुल्क आर्जन २ अर्ब ९६ करोड १६ लाख पुगेको रहेको थियो । 

असारसम्ममा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । यो कम्पनीले असारसम्ममा ३ अर्ब १० करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

असार महिनामा पनि सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । उक्त कम्पनीले यस अवधिमा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । असारमा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने दोस्रोमा भने शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले जेठमा ६८ करोड ७८ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ । 

त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले जेठमा ८ करोड ३३ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ । 

धेरै हेरिएको