एक वर्षमै ५२.०९ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख

एक वर्षमै ५२.०९ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख

काठमाडौं ।  गत आर्थिक वर्षमा कुल जीवन बीमालेख ५२.०९ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार अघिल्लो वर्षको असार मसान्तदेखि गत वर्षको असार मसान्तसम्म बीमालेख संख्या ४४ लाख ८६ हजार ७८२ ले बढेको हो । अघिल्लो वर्षको असार मसान्तसम्म कुल बीमालेख संख्या ८६ लाख १२ हजार ८५० रहेकोमा गत आवको सोहि अवधिमा ५२.०९ प्रतिशतले बढेर १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको छ ।  

समितिका अनुसार कुल निर्जीवन बीमालेख पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २७ लाख ३१ हजार ७७३ बीमालेख रहेकोमा गत वर्षको सोहि अवधिमा उक्त बीमालेख २.०६ प्रतिशतले बढेर २७ लाख ८८ हजार १८ पुगेको छ ।  

म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ५४.०३ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ५३ लाख १ हजार ५६७ पुगेको छ भने म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या ६९ लाख ६ हजार ९५२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ७९ लाख २६ हजार २०३ रहेको थियो । 

त्यस्तै, वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष २९.७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म ६ लाख ८६ हजार ६४७ बीमालेख रहेकोमा गत वर्ष बढेर ८ लाख ९१ हजार ११३ पुगेको छ ।  

समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि १६.४८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ६५ करोड बीमा शुल्क संकलन भएको गत वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १ खर्ब ७७ अर्ब ८१ करोड ४ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि १४.६३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको गत वर्ष १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा पनि २३.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म ३१ अर्ब ७० करोड बीमा शुल्क संकलन भएको गत वर्ष ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । 

समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि १४.७६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष बीमा कम्पनीका कार्यालयहरु २ हजार ९३३ रहेकोमा यस वर्ष ३ हजार ३६६ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या भने १०.३१ प्रतिशतले बढेर ११ हजार ८६१ जना पुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ७५२ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ । 

धेरै हेरिएको