रिडि र रैराङ्ग हाइड्रोपावरबीच मर्जर पछि रिडिको शेयर नेप्सेमा सूचीकृत : न्युनतम ओपनिङ्ग रेन्ज ७०८ रुपैयाँ ६० पैसा प्रदान

रिडि र रैराङ्ग हाइड्रोपावरबीच मर्जर पछि  रिडिको शेयर नेप्सेमा सूचीकृत :  न्युनतम ओपनिङ्ग रेन्ज ७०८ रुपैयाँ ६० पैसा प्रदान

काठमाडौं ।रिडि पावर कम्पनी लिमिटेड (RIDI) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । साविककाे रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच बीच मर्जर पश्चात कायम शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात बनेको रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ओपनिङ्ग रेन्ज ७०८ रुपैयाँ ६० पैसा प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई आरआईडिआई (RIDI) कारोबार संकेत प्रदान गरेको छ ।

रिडि हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच १ः०.९३ को अनुपातमा मर्ज भएको थियो ।

धेरै हेरिएको