हिमालयन बैंकको कर्मर्मचारी बिदाई तथा सम्मान कार्यक्रम २०७८ सम्पन्न, सिइओ अशोक राणाले ब्याचसहित २१ कर्मचारीलाई सम्मान गरे

हिमालयन बैंकको कर्मर्मचारी बिदाई तथा सम्मान कार्यक्रम २०७८ सम्पन्न, सिइओ अशोक राणाले ब्याचसहित २१ कर्मचारीलाई सम्मान गरे

काठमाडौं ।  हिमालयन बैंकबाट सेवा निबृत्त (अवकाश पाएका) २१ जना कर्मचारीलाई भव्य रुपमा बिदाई तथा सम्मान गरिएको छ।  हिमालयन बैंक कर्मचारी संगठनद्वारा आयोजित सो कार्यक्रममा उनीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले एक कार्यक्रमबीच बिदाइ तथा सम्मान गरेका हुन् । विगत ४ वर्षयता बैंकबाट अवकाश पाएका कर्मचारीलाई सम्मान तथा बिदाई कार्यक्रम संगठनले गरेको हो। बिदाइ हुनेहरुमा महाप्रबन्धक शुसिल जोशी, सहायक महाप्रबन्धक रबिन्द्र नारायण प्रधान र महेश्वर प्रसाद जोशी, सहायक प्रबन्धक महेन्द्र श्रेष्ठ, अधिकृतहरु बिमला श्रेष्ठ, अमृत कार्की, अनार मैया अमात्य लगायत विभिन्न तहमा २१ जना कर्मचारीको बिदाई गरिएको थियो ।

सोही कार्यक्रममा १३ औं सागमा स्वर्ण पदक विजेता कराते खेलाडी तथा राष्ट्रिपति बिद्यादेवी भण्डारीबाट सूकिति पदकबाट विभुषित बैंकका कर्मचारी अनु अधिकारीलाई सम्मान गरीएको थियो ।

अवकाश पाएका कर्मचारीलाई बिदाइ गर्दै बैंकका सीइओ अशोक राणाले उनीहरुलाई बैंकमा पारिवारीक माहोल बनाएर काम गरेकोमा धन्यवाद दिए ।  राणाले हिमालयन बैंक मर्जर हुने नहुने टुङ्गो नलागेको बताएका हुन् । ‘सबैलाई थाहा छ बैंक मर्जरको कुरा अघि बढी रहेको छ । तर, यसमा पनि समस्याहरु आइरहेको छन् । कहिले हुन्छ या हुदैन मलाई थाहा भएन । अहिलेसम्म आधिकारीक मर्जर हुने केही टुङ्गो लागेको छैन ।’संस्था मर्जर भएपनि नभएपनि कर्मचारीले आफुले बनाएको संस्थाको शाख जोगाउने काम गर्न उनले सबैलाई प्रेरित गरे ।

बिदाई तथा सम्मान कार्यक्रममा सिइओ राणाले अवकाश पाएका २१ जना कर्मचारीलाई हिमालयन बैंकको लोगो अंकित ब्याच मायाको चिनो स्वरुप प्रदान गरे । त्यस्तै कर्मचारी संगठनका पदाधिकारी तथा सदस्यहरुलाई समेत राणाले हिमालयन बैंकको लोगो अंकित ब्याच बितरण गरेका छन् ।

सो बिदाइ कार्यक्रममा बैंक कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारीले बिदाइ कार्यक्रमले अवकाश प्राप्त कर्मचारीको योगदानको उच्च मूल्यांकन र सम्मान भएको बताए । संस्थाको विकास वृद्धिको लागि कर्मचारीको समेत मनोबल उच्च राख्न सो कार्यक्रम कर्मचारी संगठनले आयोजना गरेकोर आगामी दिनहरुमा पनि निरन्तरता दिइने भण्डारीले प्रतिबद्धता व्यक्त गरे । 

पछिल्लो समय अन्य बैंकहरुको तुलनामा हिमालयन बैंकका कर्मचारीको मनोबल खस्किएको हुँदा बैंकले व्यवसायी वृद्धि विस्तारसँगै कर्मचारीको मनोबल उच्च राख्नेतर्फ विशेष ध्यान पनि उनले सुझाव दिए ।  सोही कार्यकाममार्फत अध्यक्ष भण्डारीले १० दिनको तलब बराबरको पैसा हिमालयन परोपकार कोषमा दिने समेत घोषणा गरेका छन् ।  


धेरै हेरिएको