यसपालीको दशैंमा नयाँ नोट साट्न पुरानो नोट दिएर यसरी सजिलै साट्न सकिने

यसपालीको दशैंमा नयाँ नोट साट्न पुरानो नोट दिएर यसरी सजिलै साट्न सकिने

काठमाडौं । असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले दशैं तिहारलाई लक्षित गरेर भोलि अर्थात असोज ४ गतेदेखि नयाँ नोट सटहीको व्यवस्था गरेको बताए । अब भोलिदेखि सर्वसाधारणले पुरानो नोट दिएर नयाँ नोट साट्न सक्ने भएका हुन् ।

उनका अनुसार प्रतिव्यक्तिले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट साट्न पाउनेछ ।  यो वर्ष भने सम्पूर्ण वाणिज्य बैंकहरु मार्फत नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको हाे ।

असोज ४ गते अर्थात भोलिदेखि नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय, सबै वाणिज्य बैंकका १० वटा शाखा र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने उनले बताए ।

तपाईंले सम्बन्धित बैंकको वेवसाइटमा गएर नयाँ नोट साट्ने बैंकको शाखा हेर्न सक्नुहुन्छ । यस्तै, तपाईं नेपाल राष्ट्र बैंक नजिकै बस्नुहुन्छ भने पनि नेपाल राष्ट्र बैंकमा गएर पनि नयाँ नोट साट्न सक्नुहुन्छ । यस्तै, वाणिज्य बैंकको प्रादेशिक कार्यालय मार्फत पनि नयाँ नोट साट्न पाइन्छ । बैंकलेहरुले नयाँ नोट साट्ने शाखाहरु ४ गते नै आफ्नो वेवसाइटमा राख्नेछन् ।

धेरै हेरिएको