बैंकर पुरुषाेत्तम चौलागाईंको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)

बैंकर पुरुषाेत्तम चौलागाईंको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)

काठमाडौं बौद्धका पुरुषाेत्तम चौलागाईं चेस खेलका ‘नेपाल च्याम्पियन’ हुन् । चेस पुरुषाेत्तमका लागि खेल मात्रै होइन, प्यासन पनि हो । त्यही प्यासन, लगाव, झुकाव र निरन्तरताले चेस खेलमा पुरुषाेत्तमलाई नेपाल च्याम्पियन बनाइदियो ।

विगत १० वर्षदेखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन् । हाल उनी सो बैंकमा असिस्टेन्ट म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनी भन्छन्, ‘बैंकको जागिर मेरो करियर हो भने चेस खेल चाहिँ प्यासन हो ।

कक्षा १० सकेपछि चेस खेललाई बढी समय दिएर खेल्न थालेको उनी बताउँछन । ‘म एसएलसीपछि मात्रै चेस खेलमा लागेँ, त्यो भन्दा अगाडि दाईहरुले खेलेको मात्रै हेर्थेँ, हेरेर पनि धेरै कूरा सिकेँ, १० कक्षापछि भने राम्रैसँग खेल्न थालेँ।

बैंकर्सलाई चेस अपरिहार्य भएको बताउँछन् । चेसले ब्रेन विकासमा महत्वपूर्ण भूमीका खेल्ने भएकोले बैंकर्सले चेस खेल्नै पर्ने सुझाव उनी दिन्छन् ।

धेरै हेरिएको