अब कुन–कुनको आउँदैछ हकप्रद ? २ डेभलपमेन्ट बैंक, १ फाइनान्स कम्पनी, १ जलविद्युत् कम्पनी र २ बिमा कम्पनी

अब कुन–कुनको आउँदैछ  हकप्रद ? २ डेभलपमेन्ट बैंक, १ फाइनान्स कम्पनी, १ जलविद्युत् कम्पनी र २ बिमा कम्पनी

केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद सेयरमा कडाई गरेको छ । अजोड इन्सुरेन्सले हकप्रद सेयरलाई लिएर सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेसँगै बिमा कम्पनीहरुको हकप्रद सेयर निष्कासनलाई पनि बिमा समितिले कडाईं गरेको छ । तथापि, अहिले हकप्रद सेयर निष्कासन अनुमति मागेको शिखर इन्सुरेन्स र आइएमई जनरल इन्सुरेन्सलाई भने कुनै बाधा नपुर्याउने बिमा समितिले जनाएको छ ।

बिमा समितिले अहिलेसम्म हकप्रदका सम्बन्धमा कुनै मापदण्ड भने बनाइसकेको छैन । यतिबेला ६ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । हकप्रद सेयर निष्कासनका लागि बोर्डसँग अनुमति माग्नेमा २ डेभलपमेन्ट बैंक, १ फाइनान्स कम्पनी, १ जलविद्युत् कम्पनी र २ बिमा कम्पनी रहेका छन् । यी मध्ये कर्पोरेट डेभलपमेन्टले हकप्रद सेयर जारी अनुमति मागेको धेरै समय भएको छ ।

बैंकले अन्तिम पटक २०७७ साल माघ २३ गते १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको थियो । बैंकले पहिलो पटक २०७७ पुस २६ गते हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । यता, नारायणी डेभलपमेन्ट बैंकले पनि शतप्रतिशत हकप्रद सेयर जारीको लागि बोर्डमा अनुमति मागेको छ ।  

धेरै हेरिएको