सिटिजन लाइफलाई त्रिपल बी रेटिङ्ग, ७५ करोडको आइपीओ जारी गर्ने

सिटिजन लाइफलाई त्रिपल बी रेटिङ्ग, ७५ करोडको आइपीओ जारी गर्ने

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यसको मतलब कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

 कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणका लागि सेयर जारी गरी चुक्ता पुँजी रु.२.५० अर्ब पु¥याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरूमा प्रतिष्ठित उद्योगीहरू, बैंकर तथा व्यावसायिक संस्थाहरू रहेका छन् ।

२०७४ कात्तिक २ गतेदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभर फैलिएका आफ्ना २५ वटा शाखा सञ्जालमार्फत ग्राहकहरूलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यसअघि नै ब्राण्ड एम्बेसडरको रुपमा ‘महजोडी’लाई अनुबन्धित गरिसकेको छ ।

धेरै हेरिएको