भर्न छुट्ला है, यही चैत्र ४ गतेदेखि पुनर्बिमा र युनाइटेडको आइपीओ चैत १० गतेबाट सर्वसाधारणका लागि आउँदैछ

भर्न छुट्ला है, यही चैत्र ४ गतेदेखि  पुनर्बिमा र युनाइटेडको  आइपीओ चैत १० गतेबाट सर्वसाधारणका लागि आउँदैछ

नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणको लागि चैत्र ४ गतेदेखि  एक करोड ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याउँदै छ ।

कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ एक सय रुपैयाँ प्रति कित्तामा एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आइपीओको लागि आवेदन दिने समय छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्म तोकिएको छ । कम्पनीले जारी गर्न लागेको साधारण सेयरलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले आइपिओ ग्रेड–२ रेटिङ गरेको छ । 

कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट रहेको छ ।

युनाइटेड इदी मर्दीको आइपीओ चैत १० गतेबाट खुल्ने

युनाइटेड इदी मर्दी हाइड्रोपावरले चैत १० गतेबाट ४ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ । 
 यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।   यो आइपीओमा छिटोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

धेरै हेरिएको