यसपालीको तिहारमा राष्ट्र बैंकले सुनको असर्फी बाँड्ने

यसपालीको तिहारमा राष्ट्र बैंकले सुनको असर्फी  बाँड्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीदेखि असर्फी छाप्ने भएको छ । दुई वर्षदेखि रोकिएको असर्फी छाप्ने कार्यको तयारी करिब पूरा भएको छ । विभागले साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका असर्फी छाप्नेछ ।

असर्फी छाप्नको लागि विभागले डेमो पनि गरेको थियो । परीक्षण सफल भएपछि यसपालीको तिहारमा सर्वसाधारणलाई विक्रीका लागि उपलब्ध गराउने गरी काम अघि बढाउन राष्ट्र बैंक लागेको छ ।

तिहारको लक्ष्मीपुजा तथा धनतेरसको दिन सुन तथा चाँदीका सामान खरिद गरेर घरमा राख्ने परम्परा चलिआएको छ । बबरमहलामा मेसिन जडान गरिसकिएकाे र सुन बाहेक चाँदी लगायतका सिक्का छाप्ने कार्य पनि चाँढै सुरु हुने राष्ट्र बैंकले जानकारी दिएकाे छ ।

धेरै हेरिएको