यसकारण सेयर बजार बुलिस ट्रेण्डमा अघि बढ्दैछ, हौसिएर शेयरमा लगानी गर्न कत्तिको ठीक ?

यसकारण सेयर बजार बुलिस ट्रेण्डमा अघि बढ्दैछ, हौसिएर शेयरमा लगानी गर्न कत्तिको ठीक ?

काठमाडौं । नेपालको सेयर बजारले झण्डै ४ वर्षको बियरिस साइकल पार गरेर बुलिस टे«न्डमा फर्किएको छ ।

अहिले मार्जिन लेन्डिङ ओभर ड्राफ्ट ३/४ दिनमा हुने गरेको छ । अहिले बैंकहरुले ब्लाइन्ड ट्रान्ज्याक्सन (सेयर बैंकमा नराखी किन्ने, बेच्ने र त्यसको फ्लोरसिट दिने त्यसमा ब्रोकर ग्यारेन्टी बसेर) दिने गरेका छन् ।

यसले पनि बजार बढनुका साथै कारोबार रकम बढेको हो । ब्लाइन्ड ट्रान्ज्याक्सन सेवा पहिला विकास बैंकले दिने गरेको भएपनि अहिले वाणिज्य बैंकले दिने गरेका छन् ।

अहिले बैंकमा अधिक तरलता छ । पैसा फालाफाल भएपछि बैंकहरुले ब्लाइन्ड ट्रान्ज्याक्सन दिइरहेका छन् । यो सबै बैंकले भने गरेका छैनन् । जतिले गरेका छन् त्यो निकै प्रभावकारी देखिएको छ ।

ब्लाइन्ड ट्रान्ज्याक्सनमा अहिलेसम्म कुनै बैंकलाई चुनौती छैन । त्यसमा ब्रोकर ग्यारेन्टी बस्ने गरेको छ । सेयर रोक्का हुने गरेको छैन । त्यो सेयर बेच्न पनि सकिन्छ । त्यसले पनि बजारलाई बढन सहयोग गरेको छ ।

अहिले बैंक ब्याजदर ८, सवा ८ प्रतिशत छ । पहिलो १४/१५ प्रतिशतसम्म हुदाँ बजार घटेको हो । अझै केही समय बैंक ब्याजदर बढने सम्भावना छैन । अहिले बैंकहरुले लिने कमिशन ०.७५ अहिले ०.२५ मात्रै लिने गरेका छन् ।

अहिले बैंकहरुले पुँजी थोपरेर बस्नुभन्दा पनि विभिन्न योजना ल्याएर पैसा लगानी गर्न थालेका छन् । त्यसका लागि भरपर्दो ठाँउ पुँजीबजार छ । अन्यत्र सबै स्थानमा कोरोनाको असर छ । पुँजी बजारमा कोरोनाको असर देखिएको छैन ।

झण्डै ४/ ५ महिना अघिसम्म जलविद्युतमा लगानी गर्ने सम्भावना नै थिएन । १ सय रुपैयाँको सेयर घटेर १८÷२० वटा कम्पनीको ४०÷४५ सम्म आएको थियो । अहिले बैंकको ब्याज घट्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीको सेयरमा पनि देखिएको छ ।

कोरोनाको कारण बैकिङ क्षेत्र धेरै नै हिट भएको छ । अन्य बढदा पनि बैकिङ समू्ह बढेकै थिएन । अहिले १ महिनाजति हुन लाग्यो बैंक बढेको छ । बैंकको ब्याज कम हुँदा निक्षेप पनि कम रकममा नै उठाउने गरेका छन् ।

अहिले सेयर कम हुने कम्पनीको कारोबारमा सर्किट नै लागि रहेको छ । यस्ता केही कम्पनीले निकालेको वित्तीय विवरण सन्तोषजनक पनि रहेको छ । तर कतिपय कम्पनीको सेयर कर्नरिङ गर्ने गरेको पनि देखियो । केही कम्पनीको सेयर सोचेको भन्दा बढी नै बढेको पनि देखिएको छ ।

यो लगानीगर्नेहरुको लागि उपयुक्त समय हो । तर आँखा चिम्लेर जुनसुकै बढेको सेयरमा जुन पायो त्यहीमा लगानी गर्नु हुँदैन । हामीले धेरै कुरामा ध्यान दिएर बिचार पुर्याएर मात्रै लगानी गर्नुपर्छ । जीवनभर कमाएको पैसा अरुको हल्लाको भरमा लागेर खेर फाल्नु हुँदैन । राम्रो कम्पनी छानेर, कम्पनीको अवस्था हेरेर, कम्पनीको सेयर मूल्य घटेपनि बोनस दिँदा बोनस खाएर बस्न सकिन्छ की सकिँदैन हेरेर मात्रै लगानी गर्नुपर्छ ।

बैंकको सेयर किन्दा पिइ रेसियो १५ भन्दा कम भयो भने किन्ने भन्छन् । यसले गर्दा रिक्स कम हुन्छ भन्छौ । अहिले कतिपय बैंकको पीई रेसियो १०÷१२ को हाराहारीमा रहेको छ । धेरै बैंकको १५ भन्दा तल नै रहेको छ । त्यसैले डराउनुपर्ने अवस्था छैन ।


धेरै हेरिएको