प्राइम लाइफको नाफा २१ प्रतिशतले बढ्यो

प्राइम लाइफको नाफा २१ प्रतिशतले बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ । 

कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा दुई करोड ५ लाख १९ हजार रुपैयाँले बढी हो । 

कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको कुल बिमाशुल्क एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो । 

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बिमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो । गत असोजसम्ममा कम्पनीको जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबर थियो । जीवन बिमा कोषमा भएको बृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो ।  

धेरै हेरिएको