नागरिक लगानी कोषको ३७ करोड ९४ लाख रूपैयाँ खुद नाफा, २२ प्रतिशत बोनस शेयर

नागरिक लगानी कोषको ३७ करोड ९४ लाख रूपैयाँ खुद नाफा, २२ प्रतिशत बोनस शेयर

काठमाडाैं - नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कोषले तेश्रो त्रैमाससम्म आइपुग्दा ३७ करोड ९४ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १२.३४ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कोषले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

कोषको आथिक वर्ष २०७५/ ०७६  को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि० र बोनस शेयर वितरण पश्चात कायम हुने शेयरको १ स् ०.८२८४  अर्थात ८२.८४ प्रतिशतका दरले हुन आउने हकप्रद शेयर निश्कासन गर्ने स्वीकृत लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्ने भएको छ ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कोषले चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुर्याउन सफल भएकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २२ प्रतिशत धेरै हाे । गत वर्ष कोषकाे पुँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा कोषले नेपाल सरकारको ऋणपत्रमा ६० करोड रुपैयाँ, मुद्दति निक्षेपमा ८५ अर्ब १४ करोड रुपैयाँ र संगठित संस्थाको शेयरमा १० अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, कोषकाे जगेडा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ रहेकाे छ । त्यसैगरी, कोषकाे प्रतिशेयर आम्दानी ४ रुपैयाँले घटेर ३१ रुपैयाँमा झरेको छ । कोषकाे प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँबाट बढेर २०८ रुपैयाँ पुगेकाे छ । 

धेरै हेरिएको