कर्जामा हस्ताक्षर गरेकै भरमा बैंकरलाई बैंकिङ कसूर लगाउनु जायज छैन - बैंर्कस संघ

कर्जामा हस्ताक्षर गरेकै भरमा बैंकरलाई बैंकिङ कसूर लगाउनु जायज छैन  - बैंर्कस संघ

कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु जायज  नभएको नेपाल बैंकर्स संघले बताएको छ ।

यस विषयलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत सच्याउनुपर्ने लिखित सुझाव संघले दिएको छ ।

राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

यो विषयको बेलैमा सम्बोधन नहुने हो भने हाल कार्यरत राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रबाट पलायन हुने तथा नयाँ राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रमा आकर्षित नहुने जोखिम बढेको संघले बताएको छ ।

संघले दिएको सुझावमा भनिएको छ, ‘विगत केही समय देखि बैंकिङ्ग कसूर तथा सजाय सम्बन्धी ऐन अन्तर्गत कसूरकोअनुसन्धान तहकिकातको क्रममा मुलतः कर्जा प्रवाहसंग सम्बन्धित कुनै कागजातमा हस्ताक्षर गरकै आधारमा गुण, दोष नकेलाई सम्पूर्ण कर्मचारीहरुलाई विपक्षी बनाउने चलनले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा असल नियतले काम गर्दा गर्दै पनि अनाहकमा थुनिनुपर्ने तथा लामोकानूनी प्रक्रियामा संलग्न हनुपर्ने त्रास सिर्जना भई दैनिक कार्य संचालन गर्दा लिनु पर्ने निर्णय तथा जोखिम बहन गर्नेक्षमतामा हा्रस आएको तथा सर्वसाधारणको पनि बैंकर प्रति संशय पैदा भई सम्पूर्ण बैंकिङ्ग क्षेत्रमा पर्न सक्ने नकारात्मक असरलाई सम्बोधन गरी बैंकिङ क्षेत्रमा विश्वास बढाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।’


धेरै हेरिएको